प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समिति सुनुवाई समितिले सार्वजनिक उजुरी आव्हान गरेको ।

बिहीबार बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो। 

सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत सिफारिस गरेको थियो। 

यस्तै, समितिको बैठकले अस्ट्रेलियाका प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध पनि आह्वान गर्ने गर्ने निर्णय गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव बैठकले पारिस गरेसँगै समिति सभापति ईश्वरी न्यौपानले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।