झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८विन्दुमा झरेको हो ।

यसदिन ३२२ कम्पनीको ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ६८ लाख रुपैयाँको बढीको शेयर किनबेच भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।