कीर्तिपुरमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु, तीन घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कीर्तिपुरमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ।

कीर्तिपुर-रत्नपार्क रूटमा चल्ने बा३ख २०२७ नम्बरको बस आज (आइतबार) दिउँसो पौने ३ बजेतिर आर्युवेदिक अस्पताल अगाडि दुर्घटनामा परेको हाे।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजना घाइते छन्। उनीहरूकाे उपचार भइरहेको छ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।