ललितपुरको बाफलमा आगलागी हुँदा ५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपालिका- १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।

जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

घाइते ५ जनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ। 

एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।