विमला घिमिरे बनिन् राष्ट्रिय सभा उपाध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेकी विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष बनेकी छिन्। बुधबार भएको निर्वाचनबाट घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो। घिमिरे सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार थिइन्।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरिन्।

नयाँ सत्ता गठबन्धनमा भागबण्डा मिलाउन माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा थिएकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।