आज काठमाडौंका यी क्षेत्रमा हुनेछ विद्युत आपूर्ति बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आइतबार विद्युत आपूर्ति बन्द हुने भएको छ। लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि आज ४ घण्टा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो। 

यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ प्राधिकरणले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।