काठमाडौं । म्याककफीको आधिकारिक आयातकर्ता आक्र्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत बिजेताको औपचारिक गरिएको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाई सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।
मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए ।
“नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं,” उनले भने, “अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियानहरू पनि निरन्तर गर्नुपर्ने देखिएको छ ।” श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।
Comment