धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान । धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गर्नुभएको छ । उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ ।

पुस २० गते विभिन्न संघसंस्थाका झाँकी र र्यालीले बजार परिक्रमा गरेपिछि धरान–१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, लोकदोहोरी कार्यक्रम र वाकाथुन कार्यक्रम रहने छन् भने २३ गते श्रमदाता र्‍याली र झाँकी प्रदर्शन तथा २४ गते रस्सीतान प्रतियोगिता, लगानी गोष्ठी आयोजना गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिएका छन् ।

उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरु आयोजना गरिने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।