हर्ष-उल्लासका साथ तिहार मनाउदै आएकी सुष्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको सौन्दर्य ब्यवसायलाई स्थापित गर्न बरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग व्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरीन्छ ।

विगत २६ बर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकि सुषमा आफुलाई श्रमिक र श्रम दाता भन्न रुचाउछिन् । उनले संचालन गरेको फेसियल हाउसको शाखा सँजाल अहिले देशै भर फैलिएको छ । काठमाडौंको काठमाडौं मल ,चावहिल , केयल टावर, सीटीसी मल, हुदै काठमाडौंबाहिर  पोखरा ,सुर्खेत र धनगढीमा  समेत फेसियल हाउसको शाखा फैलिसकेको छ । 

एक सय जनाभन्दा बढी महिला दिदि बैनीहरुलाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहेनती सौन्दर्यविज्ञ पनि हुन् ।

उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सकृय छिन् । हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव, कर्पोरेट मिडियाको  उपाध्यक्ष तथा व्युटी एशोसियसन अफ नेपाल तथा नेपाल महिला चेम्बरको आजीवन सदस्य समेत रहेकी छिन् । उनले सौन्दर्य  व्यवसाय मार्फत हजारौँ युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएकी छिन् । देशको धर्म संस्कृति जोगाउन आफुले हरेक पर्व विशेष रुपले मनाउने गर्दै आएको उनी बताउँछिन् ।

सुषमा तिहार पनि हर्ष-उल्लासका साथ मनाउने तयारी गर्दै छिन्। उनी भन्छिन् ‘तिहार निकै रमाइलो चाड हो, त्यसैपनि तिहार रमाइलो नै हुन्छ । रंगोली, दिपावली, लक्ष्मी पूजा, भाईटिका सबै बिशेष लाग्छ । तिहार  आएपछि मन त्यसै रमाउँछ । यो चाड  मैले हर्ष-उल्लासका साथ मनाउने गर्दै आएकी छु’ ।  लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीको घर – घरमा समृद्धि छाओस् भन्ने कामना उनको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।