मकवानपुरमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, ६ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती–५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

अक्कलबहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।