७ नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेबाट सदस्यता,कुनको ब्रोकर नं. कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले  ७ वटा नयाँ धितोपत्र दलाल (ब्रोकर) लाई सदस्यता दिने निर्णय गरेको छ।

बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका नयाँ ब्रोकरलाई आफ्नो कारोबार प्रणालीमा आबद्ध गराउन सदस्यता दिने निर्णय गरेको हो ।

नेप्सले ७ नयाँ ब्रोकर कम्पनीहरूको पूर्वाधार (कार्यालय)निरीक्षणपछि सदस्यता प्रदान गरेको हो । नेप्से संचालक समितिको बुधबारको बैठकले प्रक्रिया पुगेका ब्रोकर कम्पनीहरुलाई सदस्यता दिने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार नेप्सले नयाँ सदस्यता दिएको हो ।

नेप्सेका अनुसार क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, ले भोला गणेश सेक्युरिटिज, सन् सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, प्रोपर्टी बिजवार्ड र मियो सेक्युरिटिजले सदस्यता पाएका हुन् ।

नेप्सले यी ब्रोकरहरुलाई कारोबारका लागि सदस्यता नम्बर (ब्रोकर नं.)पनि प्रदान गरेको छ । नेप्सले भोला गणेशलाई ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्डलाई ६७ नम्बर दिएको छ ।

नेपाल धितोपत्र बोर्डले दुई चरणमा १८ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिएको थियो । तीमध्ये पहिलो चरणमा ७ वटाले नेप्सेको सदस्यता पाएका हुन् । अब बाँकी ११ ब्रोकरले पनि चाँडै सदस्यता पाउने नेप्सले जनाएको छ ।

नेप्सेबाट सदस्यता पाएपछि नयाँ ब्रोकरले असार भित्रैबाट कारोबार सुरु गर्ने जनाएका छन् ।हाल ५० वटा ब्रोकरले सेयर कारोबार सम्बन्धी सेवा संचालन गर्दै आएका छन् । ७ वटा नयाँ थपिएसँगै ब्रोकरको संख्या ५७ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।