काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ। राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ।
उनका अनुसार पूर्व राजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्।
अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।
Comment