एसइई दिनुअघि परीक्षार्थीले ध्यान दिनुपर्ने कुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि (शुक्रबार)बाट सञ्चालन हुँदै छ। परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। 

परीक्षा दिनुअगाडि विभिन्न कुरामा ध्यान दिन परीक्षा बोर्डले सुझाएको छ। बोर्डका अनुसार कुनै आकस्मिक बिदा पर्न गएमा पनि बोर्डको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन। परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुनेछ। 

त्यसैगरी नियमित वा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा उल्लिखित तालिका अनुसार एउटै समयमा हुनेछ। प्राविधिक तथा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीलाई समेत सम्बन्धित विद्यालयका नियमित परीक्षार्थीले परीक्षा दिने परीक्षा केन्द्रमा राख्नुपर्नेछ।

तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिनेछैन। त्यसैगरी परीक्षा बोर्डले परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको जनाएको छ। 

प्रवेशपत्रमा उल्लेख भएको सिम्बोल नम्बरबाट नै परीक्षा दिनुपर्नेछ। प्रवेशपत्रमा उल्लिखित सिम्बोल नम्बर परिवर्तन हुनेछैन।

बोर्डले भने छ, ‘नियमित तथा ग्रेडवृद्धि दुवै समूहका परीक्षार्थीका लागि परीक्षा केन्द्र परिवर्तन हुनेछैन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।