अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताएका छन्। निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन स्पोर्टस मिटको आज पोखरामा उद्घाटन गर्दै उनले शिक्षा विना समाज विकासको परिकल्पना गर्न नसकिए झै समाजमा अनुशासन कायम गर्न र स्वास्थ्यका लागि खेलकुदको विकास आवश्यक भएको बताए।

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने उनको भनाइ थियो। भविष्यका लागि पनि शिक्षण पद्धतीलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्यक रहेको बताए।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल प्याब्सनले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताए। प्याब्सन कास्कीमा एक सय दुई निजी तथा आवासीय विद्यालय सदस्यका रूपमा आबद्ध रहेको र यी विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी र सात हजार तीन सयभन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।