कान्तिपुर मलको चाडपर्व विशेष उपहार ग्राहकको उपस्थितिमा मङ्सिर १ गते घोषणा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न  विभिन्न योजनाहरु ल्याउने गरेको छ। 

दशैं तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना सार्वजानिक गरेको चिठ्ठाको लक्की ड्र   मङ्सिर १  गते  विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभएको छ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो ।

विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि  दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ । मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ।

कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् ।

कार्तिक महिनाको अन्त्य सम्म कान्तिपुर मलमा रु एक हजार भन्दा माथिको सपिङ गर्दा ग्राहकहरुले उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कारहरुमा मेमा कम्पनिको घडी,आईरन,लाईट लगायत छ्न् ।

चारै कुनामा सिसिटिभी जडान गरिएको र जुनसुकै बेला पनि सेक्युरिटी गार्डको प्रवन्ध गरिएकाले किनमेल गर्न कान्तिपुर मल ग्राहकका लागी सुरक्षित रहेको कान्तिपुर मलको दाबी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।