बझाङमा जीप दुर्घटना :ज्यान गुमाउने ७ जनाको सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ । बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।

१६ जना घाइते भएका छन्। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जीप दुर्घटना मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का, वर्ष २८ की वसन्ती धामी, वर्ष ३७ का वीरेन्द्र अधिकारी र ७ महिनाकी बालिका रहेकी छन् । यस्तै कञ्चनपुरको शुक्लाफाँटा ७ का झरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतक तथा घाइते हुनेमा अधिकांश यात्रुहरु जिल्लाको प्रशिद्ध सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू रहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।