नेपाल टेलिकम वर्कर्स यूनियन महासचिवमा अच्यूत कुमार ओझाको उम्मेदवारी किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल टेलिकम वर्कर्स यूनियनको ११  औं केन्द्रिय महाधिवेशन  धनगढीमा हुँदैछ । 

सत्तारुढ कांग्रेस निकट वर्कर्स युनियनको महाधिवेशन असोज २७ देखि २९ गतेसम्म धनगढीमा हुन लागेको हो। 

अधिवेशनमा अबको पालो युवाको भन्दै अच्यूत कुमार ओझाले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । 

श्रमशक्ति नै राष्ट शक्ति हो श्रमको सम्मान गरौं भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएका ओझाले आफ्नो विभिन्न प्रतिवद्धताहरु अघि सारेका छन् ।

ओझाको उम्मेदवारी किन ?

सबै अट्ने यूनियन निर्माण गर्ने ।

गुमेको अधिकार पुन स्थापीत गर्ने ।

भएका सम्झौता कार्यन्यन गर्ने ।

सबैखाले विभेद रबन्देजको अन्त्य गर्ने । 

नयाँ एजेण्डा पहिचान गर्ने । 

यूनियन प्रतिको आस्था विश्वास जगाउने । 

समान अवसर र सहभागिताको लागि  लगायत विभिन्न माग अघि सारेका छन् ।                                                      

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।