बरिष्ठ सौन्दर्यविद् शुष्मा महरा सम्मानीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । बरिष्ठ सौन्दर्यविद् शुष्मा महरा “ राष्ट्रिय अग्रणी महिला उधमी सम्मान २०७९” बाट सम्मानित ’ बाट सम्मानीत भएकी छन् ।

आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा  महरालाई उक्त सम्मानले सम्मानीत गरिएको थियो ।

नेपाल उद्योग बाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष समेत रहेकि महरालाई सौन्दर्यक्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै उक्त सम्मान गरेको निगरानी दैनिक मिडिया प्र लि ले बताएको छ ।

महरा यसअघि पनि थुप्रै विधाबाट सम्मानीत हुँदैे आएकी छन् । उनी एक सफल महिला उधमीको रूपमा परिचीत छन् । आफ्नो कामको उच्च मुल्याङ्कन गरेर गरेको सम्मानप्रति खुशि व्यक्त गर्दैे निगरानी दैनिक मिडिया प्र लि लाई धन्यबाद दिनुका साथैे थप काम गर्न उर्जा, प्रेरणा र हौसला मिलेको महराले बताएकी छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।