संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी-५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी-५ का ५५ वर्षीय श्याम शेर्पा, मादी-४ का आइतबहादुर तामाङ, मादी-२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी-४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी-५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।


Comment