भ्याटमा दर्ता हुने करदाता १३ प्रतिशत घटे, प्यान लिनेको संख्या ४५ लाख नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ९ हजार ७८ पुगेका छन्।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा अभिवृद्धि कर भ्याटमा १८ हजार ३ सय ६४ करदाता थपिएका छन् ।

यो असार मसान्तको तुलनाका १३.६१ प्रतिशतले कमी हो । गत वर्ष आवको ६ महिनामा २१ हजार २५८ करदाता थपिएका थिए।

त्यस्तै अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९०८ पगुेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार ७ सय २६ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४४ लाख ८८ हजार २६५ पुगेको छ । स्थायी लेखा नम्बर लिने करदाता ४ लाख २२ हजार १३७ जना थपिएका छन् ।

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १७ लाख २२ हजार ४६३, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २७ लाख ५१ हजार ९९० र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने १३ हजार ८ सय १२ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।