सरकारले दशैँतिहारमा सहुलियत पसल सञ्चालन गर्ने,प्रतिकिलो १० रुपैयाँसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  सरकारले दशैंतिहार लक्षित सहुलियत पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार बैठक बसी पसल सञ्चालनको निर्णय गरेको जनाएको छ। 

दशै, तिहार र छठ लक्षित गरी सञ्चालन गरिने सहुलियत पसल देशका ३९ ठाउँमा सञ्चालन गरिने छ। जसमा प्रतिकेजी चामलमा ५ रुपैयाँ र प्रतिकेजी सिमी फापरमा १० रुपैयाँ छुटमा बिक्री गरिने छ। 

त्यस्तै देशका विभिन्न ठाउँमा प्रतिकेजी नूनमा २ रूपैयाँ, प्रतिकेजी चिनीमा ५ रूपैयाँ, खसीबोकामा प्रतिकेजी १० रूपैयाँका साथै दुग्ध विकास संस्थानका उत्पादन दूध, पनिर लगायतमा पनि तोकिए बमोजिम छुट दिइने छ। 

त्यस्तै खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थमा थप सहुलियत दिन नेपाल आयल निगमलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।