खनाल-नेपाल समूहका सांसद राजीनामा दिने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। खनाल-नेपाल समुह का सांसदहरू राजीनामा दिने तयारी गरेका छन् । 

पाटी एकताका लागि अल्टिमेटम दिए पनि पाटी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि खनाल नेपाल समूहका सांसदहरू सामूहिक राजीनामा दिन  तयारी गरेका हुन् । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिन थालेका छन् । विशवासको मतका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

विश्वासको मत दिने वातावरण बनाउन नेपाल पक्षले प्रधानमन्त्रीलाई ६ बुँदे पत्र लेख्दा सोमबार बिहान नौ बजेसम्म माग पुरा गर्न अल्टिमेटम दिएको थियो ।

नेपालले सर्वोच्चको २३ फागुनको फैसलाअनुसार २०७५ जेठ २ को अवस्थाबाट पार्टीलाई क्रियशिल बनाउनुपर्ने सर्त राखेका थिए । 

नेपालको पत्रमा ओलीले कुनै प्रतिक्रिय नदिएकाले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

सम्बन्धित विषय: 

नेपाल भेट्न नेम्वाङ र पौडेल संसद् सचिवालयमा

सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षका सांसद, प्रधानमन्त्री ओलीलाई २४ घण्टा समय


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।