काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ ।
आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो । लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै आर्सनल १३ अंकसहित ११औँ स्थानमा रहेको छ ।
लिड्स ११ अंक जोडेर १४औँ स्थानमा छ । यस्तै लिभरपुलले लेस्टर सिटीलाई ३-० गोल अन्तरले हराएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ ।

Comment