मन्त्री भट्टराई र अष्ट्रेलियाका राजदूत पीटर वडबीच बिदाइ भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्रालयमा हिजो भएको बिदाइ भेटका अवसरमा राजदूत वडले नेपाल बसाई अत्यन्त सुखद र स्मरणीय भएको, यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसवाट नेपालको भौगोलिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय सम्पदाहरूको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे। 

उनले कोरोना महामारीका बीच लकडाउनमा नेपालका विभिन्‍न ठाउँमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरूलाई उद्धार गरी नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने उनले प्रतिबद्धता जनाएका छन्।

मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन गर्न राजदूतको सहयोगको अपेक्षा गरे। राजदूत वड तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।