भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८५ पुग्यो, ३ हजार ८२ जना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ । 

टाइम्स अफ इण्डियाको समाचार अनुसार शुक्रबारमात्र त्यहाँ ५०२ जना नयाँ संक्रमित भेटिएका छन्।

अघिल्लो दिन यो संख्या ५४४ थियो, जुन आजसम्मकै धेरै हो। महामारी सुरू भएयता संक्रमणबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ। 

यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।