नेपालमा १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा ढुक्क हुने अबस्था अझै छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय बिश्वब्यापी तीव्र देखिएको छ।

नेपालमा कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए।

देशभर १२० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौंमा १५ जना छन् भने बाँकी देशका विभिन्न स्थानमा।

अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जना उपचारको क्रममा छन् । संक्रमित सबै विदेशबाट आएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।