औषधि विभागले मेट्रिस ( ११८७३६०) र कम्पाउन्ड सोडियम (८२९३६) विक्रि तथा प्रयोग नगर्न अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । औषधि व्यवस्था विभागले दुई औषधि तत्कालका लागि प्रयोग नगर्न र नगराउन अनुरोध गरेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै विभागमा दर्ता भई विभिन्न उत्पादकद्धारा उतपदन गरिएका ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस (मेट्रोनिडाजोल) र ब्याच नम्बर १ एच ८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको सूचना जारी गरेको छ ।

विभागले सोमबार गरेको निर्णयअनुसार उक्त औषधिहरु अर्को सूचना नभएसम्मका लागि विक्रि वितरण र प्रयोग नगर्न तथा नगराउन अनुरोध गरेको हो ।

उक्त दुवै औषधिहरु भारतीय कम्पनीका हुन् । विभागका अनुसार सोडियम ल्याकटेट एक्युलाइफ हेल्थकेयर प्रालि, इन्डिया र ओत्सुका फर्मास्युटिकल्स इन्डिया प्रालिको रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।