add

एमाले १०औँ महाधिवेशनः बन्दसत्र आजबाट सुरु हुँदै






ActPro Nepal

|

११ मंसिर, २०७८

|
1060

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शनिबारबाट सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र आज सौराहामा हुन लागेको हो।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ।  बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ। 

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन् ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ। एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ। त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ।

सचिवालयको आकार बढाएर १९ सदस्यीय बनाइएको छ। अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष महासचिव एक/एक जना हुनेछन् भने  उपाध्यक्ष ६ जना रहनेछन् । 

उपमहासचिव र सचिवको संख्या क्रमशः ३ र ७ कायम गरिएको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.