अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै, यस्तो छ भेटघाटको कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको हो।

अर्थमन्त्री वाग्ले ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जानेछन्। प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।

अर्थ मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ। द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषय भ्रमणको प्रमुख एजेन्डामा रहनेछ।

नयाँ दिल्ली पुगेपछि अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी तथा द्विपक्षीय आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, शुक्रबार अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। भेटमा दुई देशबीचका आर्थिक तथा कूटनीतिक विषयमा छलफल हुनेछ।

शुक्रबार नै अर्थमन्त्री वाग्ले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

त्यसै दिन भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुने कार्यक्रम छ। उक्त कार्यक्रममा भारतीय उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको आर्थिक सम्भावना र द्विपक्षीय व्यापारका विषयमा छलफल हुने बताइएको छ।

भ्रमणको तेस्रो दिन शनिबार बिहान अर्थमन्त्री वाग्ले भारतीय उद्योग परिसंघले आयोजना गर्ने सम्मेलनमा सहभागी हुनेछन्। भारतीय प्रतिष्ठित औद्योगिक घरानाका प्रतिन

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।