सेवाग्राहीसँग घुस लिँदै गर्दा नुवाकोटमा इन्जिनियर पक्राउ(भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट  ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुस सहित पक्राउ परेका छन ।

शनिबार बिहान जिल्लाकै विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसलबाट  ७५ हजार घुससहित पक्राउ परेका हुन ।

उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

यसअघि पनि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए ।

घुससहित पक्राउ परेका पौडेल बेलकोटगढी नगरपालिकाले नै भर्ना गरेका करारका इन्जिनयर हुन । बेलकोटगढी नगरपालिकामा बिगत केही बर्ष देखि इन्जिनियरमा सिनियर पोष्टमा रहेका पौडेलले नगरका विभिन्न वडाहरुका सडक निर्माणका कामहरुमा आफ्नो भुमिकालाई बलियो बनाउदै आइरहेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।