सामान्यतया नेपाली समाजमा आधुनिकता भन्ने वित्तिकै पश्चिमी रहनसहन र चालचलनलाई अँगाल्नु बुझिन्छ।
वास्तवमा आधुनिकता भनेको सकारात्मक तथा सुधारात्मक परिवर्तन हो।जसले मानिसको जीवन स्तरलाई उच्च बनाउँछ। विकासका पूर्वाधारहरुको पर्याप्तलाई जनाउँछ। यति मात्र नभएर मानिसको विचार एवम् दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आउनु नै आधुनिकता हो ।
आधुनिकताको लागि भौतिक सेवा सुविधामा जत्तिकै सकारात्मक परिवर्तन हाम्रो विचार र दृष्टिकोणमा पनि ल्याउन आवस्यक छ।
ढुङ्गे युगबाट यो एक्काइसौं शताब्दीमा आइपुग्दा हामिले दैनिक उपभोग गर्ने वस्तु तथा सेवामा जुन दरले परिवर्तन आएको छ सोही दरमा हाम्रो सोच विचारमा परिवर्तन आउन सकेको छैन।
ढिँकी ,जाँतो,कुटो ,कोदालो र टुकि छोडेर नयाँ नयाँ विज्ञान र प्रविधिले आविष्कार गरेका मिक्सचर,मिल,विद्दुत,कम्प्युटर ,वासिङ मेसिन जस्ता अन्य सेवा र सुविधामा रमाउँदै आफ्नो जीवन निकै सहज रुपमा विताइरहेको समाज अझै सकेको छैन आफ्नो सोच बिचारलाई उच्च बनाएर रमाउन।
यातायत,शिक्षा,स्वास्थ,संचार र विद्दुतले आधुनिकताको चरम विन्दुमा प्रवेश गरे पनी हाम्रो सोच,विचारलाई आधुनिकता तर्फ मोड्न सकेका छैनौ।
हाम्रो सोच विचार यो एक्काइसौं शताब्दीमा आइपुग्दा पनि उहीँ छ जुन कयौं वर्ष अघि देखि पुर्खाहरुले अंगाल्दै आइरहेका थिए ।
पुर्खौ देखि रजस्वलाको रगत अशुद्ध हुन्छ भन्ने यो सोचलाई हामी अझै साथमा राखेका छौ ।
रजस्वलाको रगत शुद्ध हुन अझै कति समय कुर्नुपर्छ ? रुकुम हत्याकाण्डको नवराज जस्तै अझै कति युवा नवराज बन्नुपर्छ ? अझै कति प्रेमी जोडिहरु अन्तर्जातिय विवाहकै कारण घर र समाज त्याग्नुपर्छ ? अझै कति नानीहरु निर्मला पन्त बन्नुपर्छ ?
अझै कति छोरिहरु गर्वमै मरिनुपर्छ ? घर धनिहरुले अझै कति समयसम्म जात सोधेर मात्र कोठा दिन्छन् ? यी प्रश्नहरुले मलाई थोरै पनि लाग्दैन कि हामी आधुनिकताको युगमा छौ भन्ने जहाँ पुर्खौ देखिको अन्धकारको वाटोमै रुमल्लिरहेका छौ।
अर्कोतर्फ कुरा गर्नुपर्दा हिजोआज मनोरञ्जन मानविय आवश्यकताको एक अपरिहार्य तत्व बन्दै गएको छ। जसका कारण देशका प्राकृतिक ,सास्कृतिक तथा एतिहासिक स्थलहरुको प्रचारप्रसार हुनुको साथै एतिहासिक तथा सास्कृतिक स्थलहरुको महत्त्व प्रष्ट भएको पाइन्छ।
रजस्वलाको रगत शुद्ध हुन अझै कति समय कुर्नुपर्छ ? रुकुम हत्याकाण्डको नवराज जस्तै अझै कति युवा नवराज बन्नुपर्छ ? अझै कति प्रेमी जोडिहरु अन्तर्जातिय विवाहकै कारण घर र समाज त्याग्नुपर्छ ? अझै कति नानीहरु निर्मला पन्त बन्नुपर्छ ?
जेष्ठ नागरिक ,आमा समुह र स साना बालबालिकाहरुको समूह भन्दा पनि विषेश गरेर धेरै घुम्न जाने समुहहरु मध्य स्कुल तथा कलेज पढ्ने विद्यार्थीहरु र कार्यलयमा कार्यरत कर्मचारीहरु बढी पर्दछ्न् ।
तर ती घुम्न योग्य ठाउँहरुमा अवलोकन गर्ने हो भने यस्तो लाग्छ नेपालको शिक्षा पेपरको लागि मात्र सिमित छ। स्नातक र स्नातकोत्तर पढ्ने विद्यार्थीकै कलेजमा जथाभावी प्लास्टिक ,कागज ,खानेकुराको आवरण भेटिन्छन् बाहिर एतिहासिक,सास्कृतिक तथा प्राकृतिक स्थलहरुमा के कुरा गर्नु ? के स्कुल तथा कलेजमा पढ्ने विद्यार्थीहरुलाई तथा कार्यलयामा कार्यरत कर्मचारिहरुलाई समेत फोहोरले वातावरणमा तथा देशको पर्यटन क्षेत्रमा पार्ने असर साथै फोहोरको ब्यवस्थापन बारेमा सरकारले जनचेतना फैलाउनु पर्ने हो त ?
यो समुहले त झन् अरु स साना भाइबहिनी , वृद्धा तथा अन्य समुहलाई चेतना फैलाउनु पर्ने होइन र ? कि पाठ्यपुस्तकमा प्रदुषण सम्बन्धी पाठ समावेश गर्न शिक्षा विभाग असक्षम छ ? सरसफाइ गर्ने र चेतना फैलाउने विद्यार्थी ,युवा तथा कर्मचारीको समूह नभएको होइन तर निकै कम सङ्ख्यामा छ ।
फोहोरले वातावरणमा पार्ने असरको राम्रो संग ज्ञान भएका ब्यक्तिहरु नै लापरबाही गर्दछन्। पाठ्यपुस्तकमा मात्र नभएर सरकारले विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम विभिन्न माध्यमबाट प्रदान गर्दागर्दै पनि किन गरे जस्तो छैनरुअबुझ भएर भन्दा पनि बुझ पचाएर यस्ता लापरबाही भइरहेका छन् । वातावरण संरक्षण तपाइँ ,हाम्रै लागि होइन र ?
बाह्य पर्यटकहरुको अरु रहनसहन तथा फेसनलाई सजिलैसँग नक्कल गर्न सक्षम भएका हामी उनीहरुले झै स (साना प्लास्टिक ,कागज सम्म जथाभावी नफालेर आफ्नो खल्तीमा तथा निश्चित ठाउँमा राख्ने त्यो बानिको नक्कल गर्न हामी कहिले सक्षम हुन्छौ ।
प्राकृतिक ,सास्कृतिक तथा एतिहासिक स्थलको स्वरुप नै कुरुप बनाएर मनोरञ्जन गर्नु यो त आधुनिकता भएन नि !
आँफू आफ्नो जिम्मेवार बाट टाढा रहन खोज्ने अनि हरेक दोष सरकारको टाउकोमा थुपार्नुको सट्टा सरकार भनेकै म ,ऊ ,तिमी त्यो ,तिनिहरु र उनिहरु मिलेर बनेको हो भन्ने भावनाको विकास हुन अझै कति समय कुर्नुपर्छ रुब्यक्तिको जीवन स्तर उच्च हुनु र भौतिक सेवा र सुविधा पर्याप्त हुनुमात्र आधुनिकता हुन सक्दैन।यसको साथै हरेक ब्यक्तिले आफ्नो ब्यक्तिगत जिम्मेवारीको पुर्ण पालाना गर्ने, छुवाछुत ,छाउपडी,दाइजो प्रथा,लैङ्गिक विभेद जस्ता अन्धविश्वास तथा रुढीबादी प्रचलनलाई त्यागेर औपचारिक तथा अनौपचारिक रुपमा लिएको ज्ञानलाई वास्तविक जीवनमा उतार्दै सकारात्मक विचार र दृष्टिकोणको विकास गरेमा मात्र एउटा आधुनिक समाजको महशुश गर्न सकिन्छ।
यो पनि :
बसन्ती सुवेदीको : बुढा बा !
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।