add

माता तीर्थ औशी अर्थात आमा को मुख हर्ने दिन को मह्त्व- मनिता घिमिरे






ActPro Nepal

|

११ वैशाख, २०७७

|
2346

आज माता तीर्थ औंसी आमाको मुख हेर्ने दिन आमा प्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो।

नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी को रूपमा परिचित छ । उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्,लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। 

आजको दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थऔंसी पनि भनिन्छ। आजको दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू टाढा टाढावाट आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खानेकुरा ख्वाउनुका साथै विविध उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्।


आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर खुवाउँछन् , लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । कुण्डमा स्नान गरेपछि आपनी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। एक प्रसंग अनुसार भगवान् विष्णुका सातौं अवतार मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै मातातीर्थमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो। त्यहीबेला सीता मातालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले श्रीरामले गंगामाताको स्तुति गर्नुभयो। 'माता गंगासमो तीर्थ पिता पुष्करमेवचः।' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन गर्दा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो। 

त्यतिबेला त्यहाँ घना जंगल थियो। एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाँदै थिए। संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो । घर र्फकने बेलामा गोठालाले एक्लै र्फकन नमानेको र आमासँगै जाने इच्छा गर्दा आमाले छोरालाई अहिले तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू भनिछन् । उक्त दिन हरेक आमा गुमाएका सन्तानले यही कुण्डमा आपनी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई-फुल्याई बिदा दिइछन्। त्यति बेलैदेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको हो भन्ने धार्मिक मान्यता छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.