काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको दोसो खेलमा काठमाडौ स्पाईकरले गण्डकी थन्डर्सलाई पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न खेलमा काठमाडौ स्पाईकरले गण्डकी थन्डर्सलाई ३ -१ को सेटबाट हराएको हो ।
काठमाडौले गण्डकीलाई २५-२३ ,१९-२५ २५-२१ र २५- १६ अंकले हराएको हो ।३ खेलमा काठमाडौको यो दोस्रो जित हो भने गण्डकीले तीनै खेल हारेको छ ।
यस अघि बुधबार भएको पहिलो खेलमा खेलमा कर्णाली एसभिएसले बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको छ ।
कर्णालीको एसभिएसले ३ खेलबाट ८ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ । सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।