प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ओल्ड ट्राफर्डमा ब्राइटन एन्ड होभ आल्बियनसँग ३–१ ले पराजित भएको हो ।

पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १/१ गोल गरे ।

युनाइटेडका ह्यानिबल मेज्ब्रीले दोस्रो हाफमा एक गोल फर्काए । त्यसअघि पहिलो हाफमा रास्मस होएलन्डले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएको थिएन ।

यस जितसँगै ब्राइटन ५ खेलमा १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युनाइटेड भने लिगमा तेस्रो हार बेहोर्दै ५ खेलमा ६ अंकका साथ १२ औं स्थानमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।