काठमाडौं । विश्वकप छनोटको पहिलो चरणअघि नेपालले तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलको ८६औँ मिनेटमा विन नाइङ्ग तुनले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिँदा नेपालले १–० को हार बेहोरेको हो ।
बल म्यानमारको पेनाल्टी बक्समा रहँदा लाइन्समेनले नेपाली खेलाडी अफसाइड रहेको जनाउँदै झन्डा उठाएका थिए । तर, लाइन्समेनको यो इशारालाई मैदानका रेफ्रीले नदेख्दा म्यानमारका रक्षकले क्लियर गरेको बल काउन्टरमा म्यानमारले गोल गरेको थियो । लाइन्समेनको इशारालाई नदेखेपछि नेपाली टिमका कप्तान किरणसहित सबै सदस्य गोल खारेजीका लागि रेफ्रीसँग विवादमा उत्रिएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।