add

चेन्नाईले जित्यो आईपीएलको उपाधि, मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी






ActPro Nepal

|

१६ जेठ, २०८०

|
265

काठमाडौं । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । 

योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो ।

यसअघिसम्म पाँचपटक आईपीएलको उपाधि जित्ने मुम्बई एक्लो टिम थियो। सोमबार राति सुरु भएको फाइनल खेल वर्षाका कारण मंगलबार बिहानसम्म लम्बिएको थियो। सुरुमा ब्याटिङ गरेको गुजरातले चेन्नईलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो। 

चेन्नईले ब्याटिङ थाल्दा पहिलो ओभरमा नै भारी वर्षा भएपछि खेल रोकिएको थियो। पछि डकवर्थ लेविस पद्धतिको आधारमा ५ ओभर घटाएर खेलाइएको थियो।

नयाँ १७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो। 

चेन्नईलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिएको थियो। तीव्र गतिका बलर मोहित शर्माले बलिङ गरिरहेका थिए। कशिलो बलिङ गरिरहेका शर्माले सुरुका ४ बलमा मात्र ३ रन खर्चिएका थिए।

चेन्नईको जितमा हिरो बनेका रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नट आउट रहे। अन्तिम बलमा ४ रन चाहिँदा जडेजाले चौका प्रहार गर्दै टिमलाई च्याम्पियन बनाए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.