काठमाडौं । नेपालको एएफसी एसियन कप २०२३ मा छनोट हुने सम्भावना सकिएको छ।
शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो । भएको हो।
यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ।
कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक९एक गोल गरे।
यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन। पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ।
नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।