काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको थियो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठविकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।
गुजरातले दोस्रो खेलमापहिलो जीतनिकालेको हो भनेमुम्बईको यो लगातार दोस्रो हार हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।