add

अस्ट्रेलियाका पूर्वअलराउन्डर एन्ड्रयु साइमण्ड्सको दुर्घटनामा परी निधन






ActPro Nepal

|

१ जेठ, २०७९

|
626

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास भए पनि त्यो सफल रहेन र उनको निधन भएको थियो ।

साइमन्ड्सले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए। सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनी अस्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसीय विश्वकप जित्दाका महत्वपूर्ण सदस्य हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.