add

२६ दिनपछि संचालनमा आयो तातोपानी नाका






ActPro Nepal

|

१० कार्तिक, २०८१

|
167

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी पुग्ने सडक २६ दिनपछि संचालनमा आएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको बाढीपहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग बिहीबार रातिदेखि संचालनमा आएको हो ।

पहिरोले बगाएको सडक मर्मत गरी तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।

बाढीले भोटेकोशीको बेलिब्रिज र लिपिङ खोलाको पक्की पुल बगाएको थियो भने केही ठाउँमा सडक बगाएकाे थियाे ।

अहिले भोटेकोशी नदीमा डाभइभर्सन निर्माण गरी यातायात सुचारु गरिएको हो । त्यस्तै, लिपिङ खोलामा पहिरोले बगाएको ठाउँमा ढुंगामाटो भरेर सडक निर्माण गरी सवारी आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।

सडक सुचारु भएपछि दशैं अघिदेखि रोकिएका मालबाहक कन्टेनर धमाधम भन्सार यार्डमा आउन थालेका छन्। सडक अबरुद्ध हुँदा व्यवसायीले दशैंलाई लक्षित गर्दै ल्याएका सवारीसाधन, लत्ताकपडा लगायत सामान चीनतर्फ रोकिएका थिए । यसअघि फलफूल लगायत कुहिने सामान बोकाएरै ल्याइएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.