जुम्लामा चट्याङ लागेर ४५ भेडा मरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला।  जुम्ला जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन्।

बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्‍याएको हो। चट्याङले मालिका बोताका एघार किसानका भेडाहरू मरेका हुन्।

मालिकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मानबहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरिबहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २० र रामबहादुर रावतका १ भेडा मरेका छन्।

कुल ५४ भेडा मरेको स्थानीय किसान हरि बहादुर रावतले जानकारी दिएका छन्। चट्याङमा परि कनका सुन्दरिगाउपालिका वडा नम्बर २ का कृषकको ठुला क्षति भएको छ।

कृषकहरूलाई पालिकाबाट केही राहात दिने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।