add

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, २१ आयोजना निर्माणाधीन






ActPro Nepal

|

१२ चैत, २०८०

|
109

सुर्खेत । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो ।

उत्पादन क्षमता धेरै भए पनि कर्णाली प्रदेशबाट राष्ट्रिय प्रशारण ग्रिडमा ८.२५ मेगावाट मात्र जोडिएको छ । हाल १० मेगावाट जलविद्युत् आयोजना कर्णालीमा उत्पादन भइसकेको छ ।  कर्णालीका १० जिल्लाका ५७ प्रतिशत स्थानीयले मात्र विद्युत् सेवा उपभोग गर्न पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै घरधुरीमा र कृषि, उद्योग जस्ता सेवा क्षेत्रमा विद्युत्को माग पूर्ति गर्न प्रदेशभित्र निर्माणाधीन साना, ठूला जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनुपर्ने मन्त्रालयका सीडीई शर्माले बताए ।

सम्भाव्यता अध्ययनका लागि लाइसेन्स पाएका १९ जलविद्युत् आयोजना कर्णालीमा छन् । भेरी नदी जलविद्युत् आयोजना १४० मेगावाट सहरतारा डोल्पा, माथिल्लो भेरी जलविद्युत् आयोजना ३१५ मेगावाट त्रिपुराकोट डोल्पा, ५७ मेगावाटको मुगु खोला जलविद्युत आयोजना मुगु, ७.१ मेगावाट ताक्सुगाड जलविद्युत् आयोजना नलगाड जाजरकोट रहेका छन् ।

त्यसैगरी अपर रुरु बन्छुखोला जलविद्युत् आयोजना १९.६ मेगावाट  चिलखाया कालीकोट, ७० मेगावाटको चुवाखोला जलविद्युत् आयोजना बरुगङ्गा  हुम्ला, १३५ मेगावाटको नाम्ला खोला जलविद्युत् आयोजना मुगु, ३०६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत् आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि लाइसेन्स लिएका छन् ।

सम्भाव्यता अध्ययनकै लाइसेन्स प्राप्त गरेका अन्य जलविद्युत आयोजनाहरु ८२.३ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना–ए, ४.७८ मेगावाटको सिस्नेखोला जलविद्युत् आयोजना रुकुम पश्चिम, ३०.२ मेगावाट रतमाखोला जलविद्युत् आयोजना रुकुम, ३० मेगावाटको सानीभेरी–३ मुसिकोट जलविद्युत् आयोजना, ६.३ मेगावाट अपर टाक्सुजलविद्युत् आयोजना  जाजरकोट, १५२ मेगावाटको मुछुलिमी हुम्ला, ४० मेगावाटको पेल्माखोला जलविद्युत् आयोजना रुकुम, ६० मेगावाटको अपरसानीभेरी जलविद्युत् आयोजना रुकुम, जिल्ली चुमाइ जलविद्युत आयोजना १०० मेगावाट कालीकोट र ३.५ मेगावाटको फेदीखोला जलविद्युत् आयोजना डोल्पा छन् ।

हाल कर्णालीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सङ्ख्या २१ वटा रहेको विद्युत् विकास विभागले जनाएको छ । ती जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी साविकको कर्णालीमा छन् । सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा ३३ केभी प्रशारण लाइन विद्युत्को राष्ट्रिय प्रशारणमा जोडिसकेको छ भने १३२ केभी प्रशारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल सुर्खेतसम्म मात्र निर्माण हुने १३२ केभी प्रशारण लाइन अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने माग छ ।

निर्माणाधीन जलविद्युत आयोजनाहरुमा ३.७५ मेगावाटको दवारीखोला जलविद्युत् आयोजना, ४.५ मेगावाटको पदमखोला जलविद्यत् आयोजना, ४६.८ मेगावाटको भेरी बबई डाइभर्सन जलविद्युत् बहुउद्देश्य आयोजना, ४१७ मेगावाटको नलगाड जलविद्युत् आयोजना, १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना र ४२६ मेगावाटको फुर्कोट कर्णाली जलविद्युत् आयोजना रहेका छन् ।

त्यसैगरी बेपन कर्णाली सञ्चयकर्ता जलविद्युत् आयोजना ४३९ मेगावाट, माथिल्लो कर्णाली जलविद्युत् आयोजना ९०० मेगावाट, मुगु कर्णाली जलविद्युत् आयोजना १ हजार ९०२ मेगावाट, तिला-१ जलविद्युत् आयोजना ४४० मेगावाट, तिला-२ जलविद्युत आयोजना ४२० मेगावाट, भेरी-१ जलविद्यु्त आयोजना २७० मेगावाट जाजरकोट, हुम्ला कर्णाली-१ जलविद्युत् आयोजना २३५ मेगावाट निर्माणाधीन अवस्थामा छन् ।

हुम्ला कर्णाली-२ मेगावाट जलविद्युत् आयोजना ३४५ मेगावाट, मुगु कर्णाली जलविद्युत् आयोजना १५९ मेगावाट, सानीभेरी-३ जलविद्युत् आयोजना ४९ मेगावाट, रुरुबच्छुखोला-२ जलविद्युत् आयोजना १२ मेगावाट, अपर लोहरेखोला ४ मेगावाट, सानीभेरी जलविद्युत् आयोजना ४४ मेगावाट, भेरी नदी जलाशय जलविद्युत् आयोजना ३०० मेगावाट र सुपरचुवाखोला जलविद्युत् आयोजना ९० मेगावाट आयोजना निर्माणधीण अवस्थामा छन् ।

४०० केभी प्रसारण लाइन भेरी करिडोरमा

जाजरकोट नलगाडको दानी पीपलदेखि सुर्खेतको मेहलकुना सम्म ४ सय केभी प्रशारण लाइन निर्माण कार्य अघि बढेको छ । सब स्टेशनका लागि जग्गा खरिद भई मुआब्जासमेत वितरण भइसकेको छ । १५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

दानीपिपलमा नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत आयोजनाको विद्युत् जम्मा गरेर नेशनल ग्रिडमा जडान गर्ने लक्ष्य छ । जाजरकोटका स्थानीय समेत रहेका उर्जामन्त्री बस्नेतले कर्णालीमा रहेका जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुटाउनुपर्ने चु९ती रहेको बताए ।

कर्णालीमा विद्युत् उत्पादन क्षमता धेरै भएकाले सबैको ध्यान अहिले कर्णालीमा रहेको मन्त्री बस्नेतको भनाइ छ । केही समययता सुर्खेतदेखि नेपालगञ्जसम्म विद्युतीय  सवारीसाधनको प्रयोग बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.