add

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु






ActPro Nepal

|

४ माघ, २०७९

|
509

एजेन्सी । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। राजधानी किभको बाहिरी क्षेत्रमा एउटा किन्डरकार्टेनमा सो हेलिकोप्टर खसेको थियो।

गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका छन्। २२ जना भन्दा धेरै घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

युक्रेनी आपत्‌कालीन सेवाको हेलिकोप्टर राजधानी किभको पूर्वी उपनगरको बालबालिका पढ्ने एउटा विद्यालय (किन्डरगार्डन)मा खसेको थियो।

हेलिकोप्टरमा आन्तरिक मामिलामन्त्री डेनिस मोनास्टिर्स्कीसहित ८ जना सवार थिए। राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत् दुर्घटनाबारे जानकारी दिएका छन्।

हेलिकोप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको छ। हेलिकोप्टर दुर्घटनापछि किन्डरगार्टेनमा आगलागी भएको थियो। बीबीसी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.