add

निषेधाज्ञाकाे समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसा






ActPro Nepal

|

५ साउन, २०७८

|
1874

काठमाडौं । कोभिड-१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित भएको पाइएको हो । ओरेकले वैशाख १६ देखि असार ३१ गतेसम्म सङ्कलन भएका घटनाका आधार बनाएर अध्ययन गरेको थियो । 

सो अवधिमा अभिलेखीकरण भएकामध्ये सबैभन्दा बढी ३४१ घटना घरेलु हिंसा रहेको छ । झण्डै ५० प्रतिशत घरेलु हिंसाको घटना भएको तथ्याङ्कले देखाएको छ । एक सय ६८ शारीरिक हिंसा, ५८ गालीगलौच र मानसिक हिंसा, ३७ वटा चारित्रिक आरोपका घटना छन् ।

घटना हुनुको कारण विश्लेषण गर्दा महिलाले दाइजो नल्याएको वा कम ल्याएको, छोरा नजन्माएको निहुँ, विवाहको लामो समयसम्म सन्तान नजन्मिएको लगायत विषयमा महिलालाई दोष लगाएर गालीगलौच गरेको पाइएको छ । हिंसापीडित महिलामध्ये २८ जनालाई परिवारमा माया नदिएर बेवास्ता गरिएको, १० जनालाई विवाह दर्ता नभएको, आठलाई नागरिकता नबनाएको  र पाँच जनालाई स्वास्थ्योपचार नदिएको बताइएको छ । 

यस अवधिमा भएका घटनामध्ये २१ प्रतिशत बलात्कार, नौ प्रतिशत सामाजिक हिंसा, एक प्रतिशत बलात्कारको प्रयास, तीन प्रतिशत यौन दुव्र्यवहार र दुई प्रतिशत हत्याको प्रयास रहेको छ । यस अवधिमा तीन आत्महत्याको प्रयास, पाँच एसिड आक्रमण, १७ अलपत्र पारिएको र एक विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेको छ । 

यस अवधिमा भएका घटनाका आधारमा हिंसा गर्नेमा सबैभन्दा धेरै ३११ श्रीमान् रहेका छन् । एक सय १८ परिवारका अरु सदस्य रहेका छन् । सो तथ्याङ्कका आधारमा घर र परिवारमा सबैभन्दा सुरक्षित हुनुपर्ने भए पनि त्यही महिला र बालिका असुरक्षित भएको पाइएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.