add

रेड्मी नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी, कुन किन्दा कस्तो सुविधा पाइने ?






ActPro Nepal

|

१२ वैशाख, २०८१

|
171

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल–नयाँ नोट” नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको हो ।

रेड्मी नोट १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

योजना अनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५ जि खरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ मा वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८ जिबि+२५६ जिबि भेरियन्ट अब नेपाली बजारमा ३२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । जसको बास्तविक बजार मूल्य ३४ हजार ९९९ रुपैयाँ छ । त्यसैगरी १२ जिबि+५१२ भेरियन्ट ३५ हजार ९९९ मै उपलब्ध छ जसको बजारी मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि गरि रेड्मी नोट १३ सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ल फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.