काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुईवटा समूहमा बाँडिएको छ । भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । दक्षिण अफ्रिका, इङल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।