add

साढे हजार घट्यो ‘रियलमी सि-५५’ मुल्य, अब कतिमा पाइन्छ ?






ActPro Nepal

|

१२ चैत, २०८०

|
262

काठमाडौं । सर्वाधिक रुचाइएको स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ को मूल्य घटेको छ । अब स्मार्टफने खरिद मुल्यमा साढे हजार रुपैयाँ छुट हुने भएको हो ।

यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि+ ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम भएको छ ।

रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ ।

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ ।

६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ । रियलमी सि–५५ को ६ जिबि+ ६४ जिबि स्टोरेज भेरियन्ट अब मात्र रु. १५,४९९ मा उपलब्ध छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.