add

सेवा बन्द हुनेगरी उपकरणमा क्षती पुर्याइयो:टेलिकम






ActPro Nepal

|

३० फागुन, २०७९

|
516

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्नो सेवा अवरोध हुनेगरी अवाञ्छित क्रियाकलापहरु बढेको बताएको छ । कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकमको उपकरणहरुमा क्षति पुग्नेगरी अवाञ्छित गतिविधि गरिदा सेवामा समस्या आएको बताएको हो ।

‘कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । तर पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको आरोप टेलिकमको छ ।

जसले गर्दा निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको दावी छ । ‘यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

साथै कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याईएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.