दीपक मनाङेलाई शशांकले गरे पार्टीमा स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा पूर्वप्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मंगलबार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। डा. कोइराला पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट गठित महाधिवेशन तयारी समितिका संयोजक रहेका छन्।

कांग्रेसले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ। सोही सन्दर्भमा मनाङेलाई मनाङ जिल्लाको अधिवेशनका लागि विशेष जिम्मेवारी दिइएको छ। उनलाई मनाङ अधिवेशन आयोजक समितिको संयोजक समेत नियुक्त गरिएको छ।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा मनाङ जिल्लाबाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका मनाङे त्यसपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। तर, सर्वोच्च अदालतको आदेशपछि उनी सांसद पदबाट पदमुक्त भएका थिए।

कांग्रेसमा उनको प्रवेशसँगै मनाङ जिल्लाको संगठन विस्तार र आगामी अधिवेशन तयारीमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।