add

भिभो वाई २२ सिरिज : यस्ता छन् यसका विशेषताहरु






ActPro Nepal

|

४ माघ, २०७९

|
622

काठमाडौं । संसार द्रुत गतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा सञ्चार स्मार्टफोनमार्फत सञ्चालन हुने गर्दछन् ।

हामी किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्नसमेत स्मार्टफोनको प्रयोग गर्छौं । यद्यपि, स्मार्टफोन प्रयोगको चेकलिस्ट बनाउँदा छोटो भएपनि यसप्रति हाम्रो निर्भरता धेरै छन् । त्यसैले हामी कम मूल्यमा उच्च गुणस्तरीय स्मार्टफोन मन पराउँछौं । ग्राहकहरुको यही आवश्यकता एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड, भिभोले पुरा गर्दै आइरहेको छ । भिभोले केही समय अघि आफ्नो युवा केन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू –वाई २२ र वाई २२एस सार्वजनिक गरेको थियो । भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् । तपाईंका लागि यो कसरी अर्को उत्तम स्मार्टफोन हुन सक्छ आउँनुहोस् हेरौं ।

१. तपाईको स्टाइलसँग मेल खाने फोनः

वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन् । यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँछ । यो फिंगरप्रिन्ट प्रतिरोधि हुनुका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई२२ को मेटाभर्स ग्रीन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ ।

२. आकर्षक डिजाइनः

वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् । जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरीय जीवन्त दृश्य प्रदान गर्दछ । साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्शन मोड पनि छ ।

३. लामो समयसम्म टिक्ने ब्याट्रीः

उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्शका लागि ब्याट्रीले पनि उत्तिकै अहम भूमिका खेल्ने गर्छ । भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् । वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ । जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढी टिक्छ ।

दुवै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । चाहे तपाईंको मनपर्ने डिनर कार्यक्रम होस्, वा एक प्रोफेशनल हेडशट, वाई २२ सिरिजको क्यामेराले जुन कुनै परिस्थितिहरूमा पनि कहिले निराश गर्दैन । यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ । पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ । जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ । अर्कोतर्फ, मल्टि स्टाइल पोट्रेटले व्यक्तिगत पोट्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोट्रेट सुविधाहरु प्रदान गर्दछ । फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ । सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोट्रेटहरू खिच्न मद्दत गर्छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.